काठमाडौं, चैत २४ – सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । गभर्नर छनौट सिफारिस समितिले गरेको सिफारिसका आधारमा अधिकारीलाई राष्ट बैंकको गर्भनर नियुक्त गरेको हो ।
कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा। राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।
चैत ५ गतेदेखि यसअघिका गभर्नर चिरञ्जीवी नेपालको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैंकको कायम मुकायम गभर्नरका रुपमा चिन्तामणि शिवाकोटीलाई जिम्मेवारी दिइएको थियो ।
FACEBOOK COMMENTS