काठमाण्डौँ — राष्ट्र बैंकको बालुवाटार भवनको निर्माण अनिश्चित भएको छ ।
विवादित पप्पु कन्स्ट्रक्सनले निर्माण ठेक्का पाउने निश्चित भएपछि काम रोकिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले अझै ठेक्का टुंग्याउन सकेको छैन ।
पप्पुले ठेक्का लिएका पुल, सडक समयमै नसकेको, गुणस्तरहीन काम गरेको समाचार आएपछि प्राधिकरण अन्योलमा परेको थियो ।
प्राधिकरणले आफूले नसकेपछि निर्णय गरिदिन माग गर्दै दसैंअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्र पठाएको थियो ।
पूर्वाधार महाशाखाका सीडीई धु्रवप्रसाद पौडेलका अनुसार मंसिर दोस्रो साता पत्रको जवाफ आए पनि त्यसमा प्रधानमन्त्री कार्यालयबाट खासै रेस्पोन्स देखाइएको छैन ।
पप्पुले बनाएको बर्दियाको बबई पुल गुणस्तरहीन पाइएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना प्रमुख, कर्मचारी र ठेकेदारविरुद्ध मुद्दा दायर गरेको छ ।
आयोगले गत असोज १९ गते पप्पुका तत्कालीन अध्यक्ष हरिनारायण र अध्यक्ष उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा हालेको हो ।
— कान्तिपुर
FACEBOOK COMMENTS