काठमाण्डौं – नेपाल राष्ट्र बैंकको बालुवाटार भवनको ठेक्का पप्पु कन्स्ट्रक्सनले नपाउने भएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले कम प्रस्ताव गर्ने मध्ये दोस्रो रहेको सिको समानान्तर जेभीलाई ठेक्का दिन लागेको हो ।
उक्त कम्पनीको प्रस्तावित ठेक्का रकम मूल्य अभिवृद्धि करबाहेक १ अर्ब ८६ करोड २२ लाख ७१ हजार छ ।
इकाईले असारमा भवन निर्माणका लागि टेन्डर आह्वान गरेकामा सबभन्दा कम दररेट प्रस्ताव गरेको पप्पुले असोजमा ठेक्का पाउने निश्चित थियो ।
तर, विवादित कम्पनीलाई दिन लागिएको भन्दै आलोचना भएपछि निर्णय रोकिएको हो ।
– कान्तिपुर
FACEBOOK COMMENTS