काठमाडौं – नेपाल राष्ट्र बैंकले अहिलेसम्म ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ ।
राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुनिल उदाशले निष्काशन गरिएका नोटमध्ये अहिले ४ खर्ब ८६ अर्ब २१ करोड ४१ लाख ४५ हजार ३ सय १५ रुपैयाँको नोट चलन चल्तीमा रहेको बताए ।
चलनचल्तीमा रहेका नोटहरु अघिल्लो महिनाको तुलनामा २० अर्ब थपिएको छ ।
अघिल्लो महिनामा ४ खर्ब ६० अर्ब ८६ करोड १५ लाख रुपैयाँको मात्रै नोट नेपाली बजारमा चलनचल्तीमा रहेको थियो ।
राष्ट्र बैंकले बैंकिङ अफिसमा भने ८ अर्ब १५ करोड ५८ लाख ५४ हजार ६ सय ८५ रुपैयाँ मौज्दात रहेको जनाएको छ ।
FACEBOOK COMMENTS