काठमाडौं, पुस २ – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।
यसका लागि राष्ट्र बैंकले आज दुई बजे बोलकबोल खुल्ला गरेको छ । बैंक तथा वित्तिय संस्थाहरु उक्त बोलकबलमा सहभागी भएर उक्त निक्षेप लिन सक्नेछन् । अनलाइन बिडीङ सफट्वयर सिस्टमबाट आज बोलकबोलक हुने छ छ । बोलकबोल मार्फत नै व्याजदर निर्धारण गरिने राष्ट्र बैंकको भनाइ छ ।
बैंकहरुले उक्त रकम लिन राष्ट्र बैंकले तोकेको अन्य शर्तहरु पनि पुरा गर्नुपर्ने हुन्छ ।
बोलकबोल गर्दा न्यूनतम ५ करोड रुपैयाँ रकममा गर्नुपर्ने हुन्छ । बढीमा भने ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकम सम्म आवदेन दिन सकिने बताइको छ ।
यसको सावा तथा व्याज भुक्तानी माघ १ गते हुने बताइएको छ ।
FACEBOOK COMMENTS