काठमाडौं । आगामी आर्थिक वर्ष २०७८-७९ को मौद्रिक नीति निर्माणको लागि नेपाल राष्ट्र बैंकले सुझाव माग गरेको छ । बैंकले सूचना निकाल्दै मौद्रिक नीतिमा राय तथा सुुझाव दिन आग्रह गरेको छ ।
राष्ट्र आगामी आवको मौद्रिक नीतिको लागि दिन आवश्यक भएका सुुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको इमेलमा पठाउन भनेको छ ।
राष्ट्र बैंकले साउन पहिलो सातासम्ममा मौद्रिक नीति सार्वजनिक गर्ने तयारीका साथ काम गरिरहेको जनाएको छ । राष्ट्र बैंकले अहिलेसम्म आन्तरिक रुपमा विभागिय छलफल सकेको र अब सरोकारवाला निकायसँग सुझाव माग्ने थालेको छ ।
FACEBOOK COMMENTS