काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाइल एप सार्वजनिक गरेको छ । बुधबार आयोजित भर्चुअल कार्यक्रममा डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको शुभारम्भ गर्नुभयो । बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्यांक लगायतका सामग्रीहरू उक्त एपबाट प्राप्त गर्न सकिनेछ ।
मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारी प्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा रहेको राष्ट्र बैंैकले जनाएको छ । उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध रहेको छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिस्कृत गर्दै लगिने राष्ट्र बैंकले जनाएको छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिने राष्ट्र बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS