काठमाडौं, आश्विन १२ – नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ३ अर्ब १० करोड बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको हो ।
बैंकले सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । आज सोमबार २ बजे बोलकोबल भएर मंगलबार ट्रेजरी बिल जारी (इस्यु) हुने जनाएको छ ।
बैंकले ९१ दिनका लागि रू. १० करोड र १८२ दिनका लागि ३ अर्बको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । गैर प्रतिस्पर्धी बोलकबोलकर्ताहरुका लागि १५ प्रतिशत छुट दिइने राष्ट्र बैंकको भनाइ छ ।
FACEBOOK COMMENTS