काठमाण्डौँ — नेपाल राष्ट्र बैंकले ५१ अर्ब ५० करोड रुपैयाँको नयाँ नोट बजारमा ल्याउन लागेको छ।
गभर्नर चिरञ्जीवी नेपालको हस्ताक्षर भएका १०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँ दरका २३ करोड थान नोट चाँडै बजारमा ल्याउने तयारी उसले गरेको छ।
केन्द्रीय बैंकले १०० रुपैयाँ दरका ४० अर्ब रुपैयाँ बराबरको नोट छाप्ने काम अघि बढाइसकेको छ।
५० रुपैयाँ दरका ११ अर्ब ५० करोड रुपैयाँको नोट छाप्न ग्लोबल टेन्डर आह्वान गरेको छ।
१०० रुपैयाँ दरका ४० करोड थान, ५० रुपैयाँका दरका २३ करोड थान १०० र ५० रुपैयाँ दरका नयाँ नोट छाप्ने प्रक्रिया अघि बढेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एंव कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए।
नयाँ नोट छाप्न दरखास्त दिने कम्पनीमध्येबाट छनोटमा परेको एक कम्पनीलाई काम दिइने उनले बताए।
— नागरीक
FACEBOOK COMMENTS