काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभाको सम्बोधन बहिष्कार गरेको छ ।
प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमणको बारेमा जानकारी दिने लगायत समसामयिक विषयमा सम्बोधन शुरु गर्ने भएपछि रास्वपाले संसद बहिष्कार गरेको हो ।
आजको बैठक शुरु हुनासाथ रास्वपाका प्रवक्ता मनिष झाले कुलिङ पिरियड बारे बन्न लागेको समितिमा कांग्रेसको नेतृत्व हुने प्रति प्रश्न उठाएका थिए । रास्वपाले भिजिट भिसा बारे आफुहरुको विरोध जारी रहेको भन्दै आजको संसद बैठक पनि बहिष्कार गरेका थिए ।
FACEBOOK COMMENTS