काठमाडौं,चैत १७- कोभिड- १९ का कारण प्रभावित श्रमिक तथा मजदुरलाई दिइने राहतको स्रोत जुटाउन सरकारले वैदेशिक ऋण लिने भएको छ । सरकारले २२ अर्बभन्दा बढी सहुलियतपूर्ण वैदेशिक ऋण लिने निर्णय गरेको हो ।
सरकारले व्याज तिर्न नपर्ने गरी अन्तर्राष्टिय मुद्रा कोषबाट उपलब्ध हुने ऋण लिन लागेको हो । सरकारले १३ अर्ब नौ करोड ऋण सुविधा लिने निर्णय गरेको अर्थ मन्त्री डा. युवराज खतिवडाले जनाए ।
त्यसै गरी सरकारले विश्व बैंकबाट आपतकालीन स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत् प्राप्त हुने तीन अर्ब ४८ करोड सहुलियतपूर्ण ऋण सहायतासमेत लिने भएको छ । साथै सरकारले एसियाली विकास बैंकले घोषणा गरेको ५० मिलियन अमेरिकी डलरको सहयोग कार्यक्रम पनि स्वीकार गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिए ।
FACEBOOK COMMENTS