काठमाडौं, जेठ २० – ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्राण्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको विक्रीवितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई दृष्टिगत गर्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको बताएको छ ।
ग्लोबल की टेक्नोलोजी रिचार्जरले विश्व बजारका उत्कृष्ट ब्राण्ड भित्र्याएसँगै राष्ट्रिय आविष्कार केन्द्रले रिचार्जरबाट ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर खरिद गरेको छ । रिचार्जरबाट आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका १०० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरू खरिद गरेको रिजार्चरले जानकारी दिएको छ ।
उत्कृष्ट ब्राण्डमध्ये काइया ZY-5CA ५ लिटर १७.८ केजी, QJ–ZY10La १० लिटर ३६ केजी र Carer ब्राण्डको ५ लिटरको CR–F5SW, CR–P5W अक्सिजन कन्सन्ट्रेटर लोकप्रिय छन् । लोकप्रिय मानिएका ब्राण्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविस्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।
घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरू ३५ हजार रूपैंयादेखि १ लाख ८८ हजार रूपैयाँसम्ममा उपलब्ध हुने बताइएको छ । नेपाली बजारमा कोभिडसँग सम्बन्धि सामान खरिदका लागि रिचार्जर रोजाइमा परेको छ । एनजीओ, आईएनजीओ, अस्पताल, बैंक, फाइनानस्, को–अपरेटिभ, कर्पोरेट हाउसलाई रिचार्जरले सहज रूपमा बजारमूल्य भन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने दाबी गरेको छ ।
पल्स अक्सीमिटर, मास्क, सेनिटाइजर, पीपीई सेटलगायत सामान रिचार्जर एपमा सस्तो मूल्यमा उपलब्ध हुने पनि बताइएको छ । एनआईसीएशिया बैकको भिसा कार्डबाहकले किस्ताबन्दीमा समेत किन्न पाइने ग्लोबल कि–टेक्नोलाजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।
FACEBOOK COMMENTS