काठमाडौं, बैशाख ६- नेपालमा दोस्रो कोरोना संक्रमित १९ वर्षीया युवतीको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ देखिएको छ । रिपोर्टमा कोरोना नेगेटिभ देखिएपछि उनलाई आज डिस्चार्ज गरिएको छ ।
२७ दिनसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत उनी पूर्ण रूपमा स्वस्थ भएसँगै शनिबार डिस्चार्ज गरिएको हो ।
चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोरोना पोजेटिभ देखिएपछि भर्ना भएकी थिईन् ।
केही दिनअघि गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछिल्लोपटक गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि दोहोर्याएर उनको स्वाब परीक्षण गरिएको थियो । दोहोर्याएर गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
FACEBOOK COMMENTS