काठमाडौं, असोज २० – सुशान्त सिंह राजपूत प्रकरणमा लागूपदार्थको विषयमा पक्राउ परेकी रिया चक्रवर्तीलाई थप १४ दिन न्यायिक हिरासतमा राख्न अदालतले आदेश दिएको छ।
मुम्बई अदालतले रिया र उनका भाइ शौविक चक्रवर्तीको न्यायिक हिरासतको मिति बढाएर २० अक्टोबर सम्म पुर्याएको छ। रिया र उनका भाइ शौविक चक्रवर्ती सहित १८ अन्य आरोपिहरुलाई लागूपदार्थको खरिद बिक्रीमा पक्राउ परेका थिए। सबै आरोपीहरुको आज न्यायिक हिरासतको मिति समाप्त भएको थियो।
अघिल्लो सुनुवाइमा विशेष अदालतले रिया चक्रवर्तीको न्यायिक हिरासतको अवधि ६ अक्टोबरसम्म थपेको थियो। यस बाहेक, रिया चक्रवर्तीले जमानतको लागि दायर गरेको याचिकामा पनि आज हाई कोर्टबाट निर्णय आउन सक्छ।
यसैबिच, नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले रिया, शौविक चक्रवर्ती र १८ अन्य आरोपितको जमानत याचिकाको कडा विरोध गरेको छ र उनीहरूको जमानत आवेदन खारेज गर्नुपर्ने माग राखेका छन्।
FACEBOOK COMMENTS