काठमाडौं, कात्तिक ५ – प्रभु बैंकले आफ्नाे सेवा विस्तार गर्ने क्रममा रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिकास्थित वडा नं ०५ स्थित जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । रुपन्देही स्थित जिल्ला प्रशासन कार्यलयमा स्थापित एक्स्टेन्सन काउण्टरबाट कार्तिक ५ गते देखि कारोबार सुरु भएको हो ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज र सरल हुने भएको छ । यस एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएकाे छ ।
FACEBOOK COMMENTS