काठमाडौं, बैशाख १९ – रुसी प्रधानमन्त्री मिखाइल मिशुस्तिन अस्पाल भर्ना भएका छन् । कोरोना भाइरस (कोभिड -१९) सङ्क्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका हुन् छ ।
आफूलाई कोरोना सङ्क्रमण भएको बारेमा प्रधानमन्त्री मिशुस्तिनले राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराएका छन् । रुसमा सात हजार आठ जनामा कोरोना पुष्टि भएको दिन प्रधानमन्त्रीको रिपोर्ट पनि पोजेटिभ आएको हो ।
रुसमा कोरोना सङ्क्रमितको सङ्ख्या एक लाख पुगेको छ भने एक हजारभन्दा धेरैको ज्यान गइसकेको छ ।
FACEBOOK COMMENTS