काठमाडौं, भदौ ८ – रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणले ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीकी ६७ वर्षीया बृद्धासहित ४ जनाको मृत्यु भएको हो । मृत्यु हुने ३८, ५३ र ५४ वर्षका ३ जना पुरुषहरु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले जानकारी दिए ।
योसहित पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण ८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ ।
FACEBOOK COMMENTS