काठमाडौं, मंसिर ४ – नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सातवटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सातवटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको हो । बिहीबार रेडक्रसकी उपाध्यक्ष शर्मिला कार्कीको नेतृत्वमा मन्त्रालयमा पुगेको टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई सहयोग स्वरुप भेन्टिलेटर उपलब्ध गराएको हो ।
रेडक्रसले सातवटै प्रदेशलाई एक-एक वटा वितरण गर्ने गरी सातवटा भेन्टिलेर उपलब्ध गराएको हो । भेन्टिलेटर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढकालले रेडक्रसले गरेको सहयोगले संक्रमित बिरामीहरुको उपचारका लागि महत्त्वपूर्ण हुने बताए । यस्तै उपलब्ध भेन्टिलेटरहरु सातवटै प्रदेशका सबैभन्दा धेरै बिरामी आउने अस्पतालमा उपलब्ध गराउने प्रतिबद्धतासमेत मन्त्री ढकालले व्यक्त गरे ।
FACEBOOK COMMENTS