काठमाडौं, १६ बैशाख – वरिस्ठ पत्रकार पुरूशोत्तम दाहालले डा. बाबुराम भट्टराईसङ्गको सम्वादकाे प्रत्यक्ष प्रसारणलाई लिएर रेडियो नेपालले सार्वजनिक रुपमानै लिखित क्षमायाचना माग्नु दुर्भाग्यपूर्ण रहेको औल्याएका छन् । साथै उनले अबका दिनमा अतिथि बाेलाउदा विचार पुर्याउने प्रतिबद्धता गरेकामा आफूलाई अाश्चर्य लागेको बताएका छन् । दाहालले सामाजिक संजाल फेसबुक मार्फत उक्त विचार सम्प्रेसण गरेका हुन । दाहालले लामो समय रेडियो नेपालमा घटना र विचार कार्यक्रम संचालन गरेका थिए ।
दाहालको स्टाटस जस्ताको तस्तै-
डा. बाबुराम भट्टराईसङ्गको सम्वादकाे प्रत्यक्ष प्रसारणलाई लिएर रेडियो नेपालले सार्वजनिक रुपमानै लिखित क्षमायाचना गर्नु र अबका दिनमा अतिथि बाेलाउदा विचार पुर्याउने प्रतिबद्धता गर्नुले मलाई अाश्चर्य लागेको छ । प्रत्यक्ष प्रसारणमा सम्स्थाकाे कुनै जिम्मेवारी हुँदैन । भाषिक मर्यादा, तर्क, जानकारी , विश्लेषण खुद अतिथिले नै पालना गर्ने कुरा हाे । मर्यादाहीन वा राष्ट्र , जनता विरुद्ध वा सामाजिक रुपमा असभ्य तरिकाले प्रस्तुत भएमा अतिथि नै दाेषी हुनेछ । सम्स्था वा प्रस्ताेताले असहमति भएमा उहाँको विचार हाे भनेर सामान्य उद्घाेषण गर्दा पुग्छ । यसाे हाेइन भने र क्षमता छैन भने प्रत्यक्ष ( लाइभ) प्रसारण नगरी रेकर्डिङ गरे हुन्छ , मन लाग्ने सहभागी हुन्छन् । नलागेमा असहमति जनाउँन सक्छन् । डा भट्टराईले नेपालकाे सम्विधान र कानुन विपरित अभिव्यक्ति दिएका थिए भने उहाँलाई कानुनी कार्वाही थाल्न सरकार खुला हुन्छ । भरखरै पूर्वसचिव भीम उपाध्याय र ज्ञानेन्द्र शाही विरुद्ध कार्वाही गरे जस्तो । यद्यपि यी कार्वाहीले सरकारी निरङ्कुशतालाई नै पुष्टि गरेकाछन् । रेडयाे नेपाल सरकारका पक्षमा हुन्छ तर जनताको ,विपक्षी राजनीतिक दल र नेताहरूको पनि हो । यस सत्यलाई स्वीकार गरेमा मात्र लोकतन्त्रको मर्यादा स्थापित हुन्छ । तर नेकपा नेतृत्वको सरकार विगत दुई वर्षदेखि नै सञ्चारमाध्यम माथि निरङ्कुश एकाधिकारवादी नियन्त्रण गर्न उद्यत देखिन्छ । रेडियो नेपालले अब विचार गरी अतिथि वाेलाउने भनेकाे के अब पहिले नै सरकारका पक्षमा निर्देशित सूचना,विचार प्रस्तुत गर्ने कागजमा अतिथिले हस्ताक्षर गर्ने वा पहिले नै वाेल्ने बिषयमा अन्तर्वार्ता लिई त्यसमा उत्तीर्ण हुने व्यवस्था राख्न खाेजियेकाे हाे कि ? यी झन्झट गर्नुभन्दा त सरकारका समर्थक वाहेक अरुलाई रेडियो नेपालमा प्रवेश निषेध गरे भयाे नि , निर्दलीय पञ्चायतकाे समयमा जस्तै । दुर्भाग्यपूर्ण ।
FACEBOOK COMMENTS