काठमाडौं, १६ कार्तिक नेपाली रैथाने खानाको खोजको निम्ति निस्केका प्रेमलाल तामाङ गोरखा जिल्लाको बारपाकमा पुगेका छन् । पुर्ब मेची देखि पश्चिम महाकाली सम्मको १०१ दिनको नेपाली खाना यात्राका लागि हिंडेका तामाङको आज ३५ औ दिन हो । हरेक ठाउँ भूगोल र समुदायको खानाको खोजि गर्ने मुख्य कार्य योजना सहित उनी विभिन्न स्थान पुग्ने क्रम थाती नै छ । उनी भन्छन ‘हाम्रो पुर्खाहरुले बनाएर खाएको मौलिक,अर्गानिक र स्वस्थ खाना आजभोली हराउदै गएकोले त्यस्लाइ गाउँ बस्तिमा गएर संकलन गरेर एउटा किताब र भिडियो डकुमेन्ट्री बनाएर पछिको हाम्रो सन्ततिले पनि हेरेर बनाउन सकुन भनेर मैले आफ्नै खर्चमा यो काम सुरु गरेको हु ।’ अभियान सम्पन्न गर्दासम्म लगभग ५० लाख खर्च हुने उनको भनाई छ ।
यात्राका दौरानमा हालसम्म २० लाख ब्यक्तिगत खर्च भैसकेको र आर्थिक यात्रा अगाडि बढ्न गाह्रो भएको उनले चिन्ता ब्यक्त गरेका छन् । साथै, उनले सहयोगको लागि याचना गर्दै प्राप्त हुने सहयोग रकम र दाताको नाम नेपाली मौलिक खानाको किताब र भिडियोमा राख्ने प्रतिवद्धता पनि जनाएका छन् । उनी भन्छन ‘तपाईं हरुको अमुल्य सहयोगले नेपाली रथाने खानाको बिकास र प्रवर्धनमा टेवा मिल्ने छ, त्यसै मलाइ IME मार्फत सहयोग रकम वा सिद्धार्थ बैंकमा प्रेमलाल तामाङ नाममा रहेको ०१०१५१४०३६१ मा रकम जम्मा गरि सघाउन पुर्याउनु आग्रह गर्छु ।’ उनले ग्लोबल नेप्लिज सेफ फेडेरेशनका वरिष्ठ उपाध्यक्ष मास्टर सेफ नारायण थपलिया मार्फत सहयोग गर्न सकिने उल्लेख गर्दै उनको मोबाईल नम्बर मा ९८४१९५०८४३ मा संपर्क राख्न आब्हान समेत गरे । सेफ प्रेमलाल तामाङ ग्लोबल नेप्लिज सेफ फेडेरेशनका सचिव हुन ।