काठमाडौँ, कार्तिक १८ – नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले दातृ निकाय, सरकार र निजी क्षेत्रबीच काम गर्दै देशमा स्वरोजगार सिर्जना तथा उद्योग व्यवसायको प्रवद्र्धन गर्न आफु नेतृत्वको टीमको जीत आवश्यक रहेको बताएका छन् ।
त्यस्तै दोस्रो कार्यकालका लागि बस्तुगत तर्फ बाट उपाध्यक्षका लागि उमेदवारी दिएका उमेशलाल श्रेष्ठले विपक्षी तर्फ ईन्कीत गर्दै भने ’ महासंघमा क्यानसर लागेको छ । कसै कसैले डाक्टर बनेर निको गर्ने कुरा गरेको छ । सुन्दानै हासो लाग्ने कुरा हो । महासंघमा क्यानसर लाग्नु भनेको दश एघार जना पुर्व अध्यक्षहरुलाई क्यानसर लाग्नु भनेको हो । यो वाक्यनै आफैमा नमिल्दो छ । हामि यहाँ निजि क्षेत्रलाई केहि दिन आएका हौं । निजि क्षेत्र र सरकार विचको पुल भनेको नेपाल उद्योग वाणिज्य महासंघ हो ।
यसैगरी कार्यक्रममा महासंघका पूर्व अध्यक्ष एवं विशिष्ट सदस्य चण्डीराज ढकालले चन्द्रप्रसाद ढकाल नेतृत्वको टीमले समावेशी रुपमा सबै पक्षलाई मिलाएर अघि बढेकाले जित सुनिश्चित रहेको बताए । ‘बाहिरबाट शब्दको जाल बुनेर महासंघको शुद्धिकरण र सुदृढिकरण भनेर मात्रै नेनृत्वमा पुगिने होइन,’ प्रधान प्यानललाई इगिंत गर्दै उनले भने, ‘चुनाव भनेको दौड हो यसमा जो सक्षम छ जो दौडन सक्छ उ नै नेतृत्वमा पुग्ने छ ।’ साथै उक्त दौडका लागि चन्द्रप्रसाद ढकाल नेतृत्वको टीम नै सबल र सक्षम भएको उनको दावी थियो ।
ढकाल प्यानलबाट आज जिल्ला तथा नगर, बस्तुगत र एशोसिएट्सतर्फतबाट सदस्यबाट उम्मेदवारी दर्ता गराएका छन् । जसमा बस्तुगततर्फ ढकाल प्यानलबाट सदस्यहरुमा हेमराज ढकाल, आकाश अधिकारी, कमला श्रेष्ठ, जय शिवाकोटी, सुवास भण्डारी, प्रकाश सिंह कार्की, भक्त हमाल, सुवोध कुमार गुप्ता, सुमित केडिया, रविन कुमार श्रेष्ठ, नरेशलाल श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । तर सो टीमका सदस्यका उम्मेदवार शैलेन्द्र गुरागाई, अच्युत गुरागाईं र निर्मल भट्टराईले अहिले स्वास्थ्य अवस्थाका कारण अहिले उम्मेदवारी दर्ता गराउन नसकेको केही दिनभित्रै उम्मेदवारी गर्दा गर्ने महासंघ कृषि उद्यम केन्द्रका उपसभापपति एवं वस्तुगततर्फका केन्द्रिय सदस्यका उम्मेदवार हेमराज ढकालले जानकारी दिए ।
यसैगरी जिल्ला नगरतर्फबाट पनि ढकाल प्यानलबाट आजै अकोक ताम्राकार, तारानाथ घिमिरे, उमेश डामियालगायतले उम्मेदवारी दर्ता गराएका छन् । साथै ढकाल प्यानलबाटै यसअघि राजन श्रेष्ठ, बोधनाथ दुवाडी, कमल श्रेष्ठ, नन्दलाल वैश्य, सुरकृष्ण वैद्यलगायतले उम्मेदवारी दर्ता गरिसकेका छन् । साथै बाँकी केही साथीहरुले पनि केहीदिनभित्रै सदस्य पदमा उम्मेदवारी गर्दा गराउने ढकाल प्यानलका जिल्ला नगरतर्फका उपाध्यक्ष गुणनिधी तिवारीले जानकारी दिए ।

यसैगरी एशोसिएट्सतर्फ ढकाल प्यानलबाट अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, रामशरण थपलिया, भरत आचार्य, विनोद ढकाल, विराट थापा, गोपाल खनाल, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीलगायतले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी सदस्यहरुले पनि केही दिनभित्रै आआफ्नो उम्मेदवारी गर्दा गराउने जानकारी दिएका छन् ।
