काठमाडौँ, मंसिर ३ – सवारी चालकहरूले शाखा सडकबाट मूल सडकमा सहजै निस्कने ट्राफिक नियम रोक, हेर र जाऊलाई पालना गराउन आजदेखि ट्राफिक प्रहरी खटिएका छन् । सवारी चलाउँदा विशेषगरी ट्राफिक संकेत, अपनाउनुपर्ने सावधानीजस्ता नियमहरुको पालना गर्नुपर्ने भए पनि कतिपय सवारी चालकहरुले त्यसो नगरेको पाइएपछि प्रहरी खटिएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले शाखा सडकबाट मूल सडकमा सहजै निस्कन ट्राफिक संकेत बोर्डहरुको पालना गराउन ३८० वटा शाखा सडकमा ३८० ट्राफिक प्रहरी खटाएको छ ।
सवारी चालकले भित्री सडकबाट मुख्य सडकमा निस्कँदा पर्ख, हेर र जाऊ भन्ने ट्राफिक नियम कतिपय चालकले पालना नगरेको कारण पालना गराउन तथा सिकाउन आजदेखि त्यस्ता चोक जक्सनमा ट्राफिक प्रहरी खटाइएको महाशाखाका एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
FACEBOOK COMMENTS