मदन तिमल्सेना
तनहुँ -विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस विरुद्ध सचेतना जगाउनका लागि रोट्याक क्लब अफ भिमादले सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरर्गत ईलाका प्रहरी कार्यालय भिमादको सहकार्यमा भिमादमा सचेतना मुलक ¥याली निकालेको हो । कोरोना भाइरसको त्रासलाई हटाउने र सर्वसाधारणलाई सजक बनाउने हेतुले कार्यक्रम आयोजना गरिएको रोट्याक्ट क्लव अफ भिमादका अध्यक्ष सन्देश गैरेले जानकारी दिए ।
नगरपालिका चोकबाट शुरु भएको सचेतना ¥याली, क्याम्पसरोड, बसपार्क चोक, लखनचोक, रत्नचोक हुँदै कुमारचोकमा पुगी कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै ईलाका प्रहरी कार्यालय भिमादका प्रमुख एवम प्रहरी नायब निरिक्षक भेषराज रेग्मीले नोबेल कोरोना भाइरस संक्रमणबाट बच्नको लागि नियमित सरसफाईमा ध्यानदिनुपर्नेमा जोड दिए ।
यसका लागि साबुनपानीले राम्रोसँग हात धुनुपर्ने, पशुपन्छीको असुरक्षित सम्पर्कबाट टाढा रहनुपर्ने , मास्क र पन्जा अनिवार्य रुपमा प्रयोग गर्न सके सुरक्षित हुन सक्ने उनले बताए । मानिसको भिड्भाडमा नजान आग्रह गर्दै कोरोना भाइरसको सन्त्रासबाट त्रसित नहुन समेत उनले आग्रह गरे । कार्यक्रम माझ रोट्याक्ट क्लब भिमादका सदस्यहरुले सर्बसाधारण जनताहरुलाई सेनेटाइजर प्रयोग गर्ने तरिकाको बारेमा तालिम दिएका थिए ।
FACEBOOK COMMENTS