मदन तिमल्सेना /४ श्रावण -रोट्याक्ट नेपालमा प्रमुखको रुपमा रोटरी बर्ष २०२०र२१ का लागि रोट्याक्टर्स सन्जिव पौडेलले पदभार ग्रहण गरेका छन् । काठमाण्डौमा रहेको रोटरी हलमा २०७७ श्रावण ३ गते रोटरी नेपालका प्रमुख रोटरीयन राजीव पोख्रेलबाट सपथ ग्रहण तथा रोट¥याक्ट नेपाल, रोटरी बर्ष २०१९र२० को प्रमुख रोट¥याक्टर्स स्नेहा शाक्यबाट कोलार तथा गन लिएर आफ्नो पद समालेका हुन । उक्त कार्यक्रममा रोट्याक्टर्स स्नेहा शाक्यले आफ्नो कार्यकालमा सहयोग गर्नु भएकोमा आफ्नो कार्यकालको टिमलाई धन्यवाद सहित सन्जिव पौडेलको सफल कार्यकालको शुभकामना व्यक्त गरिन ।
रोट¥याट नेपालले यस बर्षको थिम “क्रियटिङ्ग भ्यालु” को लक्ष्यलाई साकार पार्न ६ विषयमा विशेष ध्यान दिर्य कार्य गर्ने कुरा सन्जिव पौडेलले बताए ।
पौडेलले आफ्नो कार्यकालमा रोटरी नेपालको मिसन नेपालमा कुनै पनि बालबालिकाहरुलाई शिक्षाबाट बन्चित हुन नपरोस भन्ने हिसाबले शैक्षिक स्तर विकासका लागि साक्षरता अभियान, दिनानु दिन हुने दुर्घटनालाई न्युनीकरणका लागि रोड सेफ्टीको कार्यक्रम साथै युवाहरुलाई पेशागत विकास, सक्षमता, पब्लिक ईमेज र अन्तराष्ट्रिय स्तरमा युवाको मुल्यलाई उचाईमा पु¥याउने हिसावमा काम गर्ने बताए । सोही समयमा निजले नेपालमा रहेका विभिन्न संघ संस्थाहरुको सहकार्यमा नेपाल सरकारले लिएका लक्ष्यहरूलाई सफल पार्न साथ सहयोग गर्ने कुरा समेत पदभार ग्रहण गर्दै गर्दा उल्लेख गरे । उक्त कार्य सफल पार्न नेपालमा रहेका १३२ वटै क्लवले आ आफ्नो क्षेत्रमा सहयोग गर्ने र यस वर्ष कम्तीमा १० प्रतिशतले नयाँ युवाहरुलाई क्लवमा आवद्ध गराई रोटरी मिसनलाई सफल पार्न प्रयास गर्ने कुरा समेत बताए । कार्यक्रममा प्रमुख अतिथि रोटरी नेपालका डिष्टिक गभर्नर रोटरियन राजिव पोख्रेल, डिष्टिक रोटर्याक्ट कमिटि चियर रोटरीयन सुवास सिग्देल, पुर्व रोटर्याक्ट नेपालका प्रमुख तथा अन्य डिष्टक टिमका पदाधिकारीको उपस्थिति रहेको थियो । साथै कार्यक्रममा फेसबुक लाईभ, जुम तथा इन्टरनेटका माध्यमबाट देशभरका रोटर्याक्ट युवाहरू सहभागी भएका थिए ।
FACEBOOK COMMENTS