काठमाडौं,
रोयल इन्फिल्डले कम मूल्यको बुलेट ३५० र बुलेट ३५० ईएस बाइक भारतमा लन्च गरेको छ । स्ट्यान्डर्ड मोडलको तुलनामा नयाँ बाइक ९ हजार सस्तो रहेको छ ।
स्ट्यान्डर्ड रोयल इन्फिल्ड बुलेट ३५० को मूल्य १ लाख २१ हजार र स्ट्यान्डर्ड ३५० ईएसको मूल्य १ लाख ३६ हजार भारु रहेको छ ।
नयाँ बुलेट ३५० ईएस जेट ब्ल्याक, रिगल रेड र रोयल ब्लु रङमा उपलब्ध रहेको छ ।
नयाँ बुलेट ३५० ईएस जेट ब्ल्याक, रिगल रेड र रोयल ब्लु रङमा उपलब्ध रहेको छ । बुलेट ३५० को स्ट्यान्डर्ड मोडल कालो रङमा मात्र उपलब्ध छ ।
नयाँ ३५० ईएसको इन्जिन ब्ल्याक र क्र्यांक केसमा ब्ल्याक फिनिसिङ गरिएको छ भने नयाँ बुलेट ३५० को इन्जिन र क्र्यांक केसमा सिल्भर फिनिसिङ गरिएको छ ।
नयाँ ३५० को फ्युल ट्यांकीमा रोयल इन्फिल्डको सामान्य लोगो राखिएको छ र यो स्ट्यान्डर्ड बुलेट ३५० भन्दा फरक रहेको छ । नयाँ ३५० ईएसको फ्युल ट्यांकीको लोगोमा केही परिवर्तन गरिएको छैन ।
FACEBOOK COMMENTS