काठमाडौं, चैत २३ –चीनकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो ।एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ ।
फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो ।विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो । लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो ।
कमिन्ज् हेभी–ड्युटी ट्रक बजारको आइकनहो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुपविश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो ।
फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्री वितरण गर्दै आएको छ ।
FACEBOOK COMMENTS