काठमाडौं, चैत १९- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्यापिड टेष्ट किटको विषयमा विभिन्न सञ्चार माध्ययममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।
मन्त्रालयका विज्ञ सल्लाहकार डा.खेमबहादुर कार्कीले बुधबार निकालेको विज्ञप्तिमा सरकारले चीनबाट खरिद गरेको कीटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको उल्लेख छ ।
मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्ययममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो’, मन्त्रालयले भनेको छ।
परिषद्ले प्रयोग गर्न योग्य भनि सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणि भएपछि मात्रै प्रयोगका लागि वितरण हुने पनि कार्कीले प्रष्ट्याएका छन् ।चीनबाट किनिएको स्वास्थ्य उपकरण गुणस्तरहीन र आर्थिक अनियमितता भएको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परिसकेका सन्दर्भमा मन्त्रालयको प्रष्टीकरण आएको हो ।
FACEBOOK COMMENTS