काठमाडौं,बैशाख २७ – शुक्रबार सिंहदरबर अगाडी चिनियाँ नागरिकको धर्ना र नेपाल प्रहरीमाथि भएको हातपातको घटनालाई लिएर चिनियाँ दुतावासले चासो व्यक्त गरेको छ। शुक्रबार केही चिनियाँ नागरिकहरू जम्मा भएर सिंहदरबार प्रवेश गर्न खोजेपछि त्यहाँ प्रहरी र उनीहरुबीच झडप भएको थियो ।
काठमाडौंस्थित चिीनयाँ दुताबासले नेपालमा रहेका आफ्ना नागरिकहरुलाई नेपालको कानुन र नियम कडाइका साथ पालना गर्न र अहिले लकडाउनको समय भइकाले त्यसको पालना गर्न आग्रह समेत गरेको छ ।
दुताबासले नेपालमा रहेका आफ्ना नागरिकलाई अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क जो जहाँ छ त्यही बस्न आग्रहसमेत गरेको छ ।
भिसा थप्न र स्वदेश फिर्ता हुन पाउनुपर्ने माग गर्दै हिजो चिनियाँ नागरिकहरुले सिंहदरबारमा धर्ना दिएका थिए ।
FACEBOOK COMMENTS