काठमाडौं, वैशाख ७ -प्रत्येक सातामा नयाँ/नयाँ किर्तिमान कायम गर्दै आएको सेयर बजार यो साता भने लगातार दुई दिन घटेको छ । गत वर्षको लकडाउन खुलेयता सेयर बजारले निन्तर किर्तिमान कायम गर्दै आएको छ ।
तर, यो साताको आइतबार र सोमबार भने उच्च अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आइतबार ३५ र सोमबार ३७ अंकले परिसूचक घटेको हो ।
दुई दिन लगातार उच्च अंकले घटेपछि नेप्से परिसूचक २७ सय ३४ अंकबाट ७३ अंक ओरालो लाग्दै २६ सय ६१ मा आइपुगेको छ । यसक्रममा आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ ।
आइतबार ८ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेमा सोमबार दुई अर्ब घट्दै ६ अर्ब पैयाँमा सिमिति बन्यो । यसले २०७७ सालको साउनदेखि निरन्तर बढ्दै आएको सेयर अब घट्ने त होइन भन्ने आशंक उत्पन्न भएको छ ।
खासगरी, देशमा कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउनको हल्लाले बजार निन्तर घटिरहेको हो । लकडाउनपछि बजार पनि गत वर्षको जस्तै बन्द हुन सक्ने भन्दै नयाँ लगानीकर्ताले बजाबाट लगानी झिकिरहेका छन् ।
सोहीकारण, बजार लगातार दोस्रो दिन उच्च अंकले घटेको हो । यद्यपी, आज मंगलबार भने बजारले पुरानै लय समात्ने अपेक्षा लगानीकर्ताको छ ।
FACEBOOK COMMENTS