काठमाडौं, साउन १०- विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस) का कारणले नेपाल गत चैत ११ गतेदेखि पूर्ण रुपमा लकडाउनको घोषणा गरेको थियो।
त्यससमयमा सबै वस्तुको आयात ठप्प भएको हामीलाई कतिपयलाई लागिरहेको हुनसक्छ।
तर, लकडाउनको समयमा समेत ५८ करोड रुपैयाँ बराबरको सूर्तिजन्य पदार्थ आयात भएको तथ्याङ्कले देखाएको छ।
लकडाउन सुरु भएको आव २०७६/०७७ को चैत महिनादेखि जेठ महिनासम्ममा उक्त रकमको सूर्तिजन्य पदार्थ आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको हो।
अघिल्लो आव २०७५/०७६ को सोही अवधिमा भने ९० करोड रुपैयाँको सूर्तिजन्य पदार्थको आयात भएको तथ्याङ्कमा उल्लेख छ।
त्यस्तै, लकडाउनको अवधिको आव २०७६/७७ को चैतदेखि असार महिनासम्म सूर्तिजन्य पदार्थबाट १ अर्ब ७१ करोड ३१ हजार अन्तशूल्क कर उठेको आन्तरिक राजस्व विभागको तथ्याङ्कले देखाएको छ। सोही अवधिमा चुरोटबाट भने ३ अर्ब ७२ करोड ४२ लाख, ५० हजार अन्तशूल्क कर संकलन भएको छ।
विभागको तथ्याङ्कअनुसार अघिल्लो आव २०७५/७६ को सोही अवधिमा सूर्तिजन्य पर्दाथबाट २ अर्ब १७ करोड ७० लाख ९० हजार उठेको छ। यस समयमा चुरोटबाट भने ३ अर्ब ४४ करोड ५३ लाख ४२ हजार अन्तशूल्क कर संकलन भएको छ।
FACEBOOK COMMENTS