अन्जनराज न्यौपाने
तनहुँ, २२ असार – जिल्लाका विभिन्न स्थानहरूमा १३ बर्षदेखी ७० बर्ष उमेर समुहका मानिसहरुले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। विशेषगरी विभिन्न दुर्गम स्थानमा बसोबास गर्दै आएका अति विपन्न वर्गका गरिवी,वेरोजगारी,अशिक्षा र सचेतनाको कमीका कारण आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।
उनका अनुसार जिल्ला भित्र विभिन्न स्थानमा गरिबी बेरोजगारी ,भोकमरी र सामाजिक विभेद सहन नसक्दा झुन्डिएर आत्महत्या गर्नेको संख्या-३५ जना पुगेको छ भने जिल्लामा लकडाउन अबधिभर ८८ मुद्दा दर्ता भएका छन्।
जसमा, भवितव्य ज्यानमा-१७ जना,अभद्र व्यवहार-८, सवारी ज्यानबाट-५ जना,कर्तव्य ज्यान-१ ज्यानमार्ने उद्योग -२, हातहतियार खरखजना-३, बालयौन दुर्ववहार -२, लागू औंषध १, जबरजस्ती करणी -२, स्वारी अंगभंग -१, ठगी-१ बिष सेवन-३, हामफालेर -३, फुट्कर ज्यान-२, सवारी भवितव्य ज्यान-१ गरि जम्मा -८८ मुद्दा दर्ता गरिएको तनहुँका प्रहरी प्रमुख पौडेलले जानकारी दिए।
जिल्ला भित्र १ सय३९ जनामा कोरोना संकमण पुष्टि भएसगै ६६ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएका प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।
प्रहरी कार्यालय परिसर भित्र प्रवेश गर्दा र जिल्लाका विभिन्न स्थानहरूमा अत्यावश्यक काममा जानैपरे अनिवार्य माक्स लगाउन आफुले पम्प्लेट,पोष्टर र माईकिङ गराउने प्रक्रिया शुरुगरिसकेको बताए । ‘कार्यालय भित्र प्रवेश गर्दा माक्स नलगाई प्रवेश गरेमा माक्स लगाउने ब्यबस्थाकोसमेत प्रवन्ध मिलाएका छौ’ उनले भने।
कोरोना संक्रमण फैलन नदिन नियन्त्रणका लागि अनिवार्य माक्स लगाउनुपर्ने ,भिडभाडमा जान नहुने, सेनिटाईजर अनिवार्य रुपले प्रयोग गर्नुपर्ने ,समाजमा भएगरेका हिंसा, आतंककारी गतिविधिका घटना, बलात्कार, लुटपाट, चोरीपैठारी तथा लागू औषध ओसारपसार गर्ने गराउने गिरोहहरुलाई तुरुन्तै पहिचान गरि गराई कानुन बमोजिमको कार्वाही गराउन आफू हर्दम प्रयत्नरत रहेको प्रहरी प्रमुख पौडेलले जानकारी दिए ।
FACEBOOK COMMENTS