काठमाण्डौं, सरकारले लिएको लकडाउन खुकुलो बनाउने निर्णय स्वागतयोग्य रहेको नेपाल चेम्बर अफ कमर्शले जनाएको छ । चेम्बरले प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । चेम्बरले मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र शुक्रबार देखि काठमाडौं उपत्यकाका निजी सवारी साधनजोर—विजोर प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय सहरानिय रहेको उल्लेख गरेको छ ।
नेपाल चेम्बर अफ कमर्शद्धारा जारी प्रेस विज्ञप्तीको पुर्ण विवरण
हिजो बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमण जोखिमका कारण रोकिएको एसईई नगराइने र भोलिदेखि काठमाडौं उपत्यकाका निजी सवारी साधनजोर—विजोरको छ । प्रणालीमा चलाउन पाइने, पसल सञ्चालन गर्न दिइने, पीसीआर परीक्षणको दायरा बढाइने र क्वारेन्टाइनको स्तरोन्नती गरिने निर्णय गरेको छ । जुननिर्णय सहरानिय रहेको छ । हामीले सरकारको निर्णयलाई सकारात्मक रुपले लिएर कोभिड—१९ बाट बच्न सुरक्षाका विभिन्न उपाय अपनाएर जस्तै माक्र्सको उचित प्रयोग गरेर, सेनिटाइजर र सोसल डिस्ट्यान्सको पलना गरेर कामहरु गर्दै जानुपर्छ ।े
काठमाडौं उपत्यकाका निजी सवारी साधनजोर—विजोर प्रणालीमा चलाउन पाइने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ । यसमा जोर गते जोर नम्बर भएका र बिजोर गते विजोर नम्बर भएका निजी सवारी चलाउन पाइनेछ । यसमा मोटरसाइकलमा चालक मात्र र अन्य जुनसुकै निजी सवारी साधनमा चालक सहित बढीमा तीनजना सवार हुन पाइनेछ । यी सबैका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड भने पूरा गरेको हुनुपर्नेछ ।
अहिले जसरी सरकारले उपत्यकालाई सिल गरेर बचाइ राखेको छ, त्यसरी अगाडि पनि बचाइ राख्नु पर्छ । राति राति उपत्यका बाहिरबाट मान्छेहरु आउँने कुरा छ, त्यसलाई पनि रोक्नुपर्छ । साथै, देशभर साइकलयात्री र पैदलयात्रीलाई हिँड्ने दिने, कृषि, उद्योग, दुग्ध ढुवानीलाई निरन्तरतादिने पनिमन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यसै गरेर पसल सञ्चालनगर्न दिने, पीसीआर परीक्षणको दायरा बढाउने, संक्रमित धेरै देखिएको ठाउँमा सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहका बीच प्रदेश सरकारले समन्वय गर्ने र देशभरका क्वारेन्टाइनको स्तरोन्नती गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
यसरी सरकारले भ्याटको, कर तिर्ने समयलाई पनि बढाई दिने विश्वास पनि हामीले लिएका छौं । साथै राजस्व सम्बन्धि सबैलाई सुविधा गर्न हुन अनुरोध गर्दै अब आउँने यि अषाढमा स्थानियतहले पनि सबै कर देखि स्थानिय करमा सुविधा सहुलियत छुटहरु दिने विश्वास हामीले लिएका छौं ।
FACEBOOK COMMENTS