काठमाडौं, बैशाख २३ – गृहमन्त्री रामबहादुर थापाले लकडाउन शर्तसहित खुकुलो बनाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिमा मंगलबार गृहमन्त्री थापाले लकडाउनले आर्थिक संकट बढाएको भन्दै शर्तसहित खुकुलो बनाउनुपर्ने धारणा व्यक्त गरेका हुन्।
कोरोना भाइरसको संक्रमणबाट जोगिन विश्वले नै उपायका रुपमा लकडाउनलाई अपनाए पनि यसले आर्थिक संकट निम्त्याएकाले अब शर्तसहित खोल्नुपर्छ गृहमन्त्री थापाले भने । उनले कोरोनाकै कारण आर्थिक संकट र सामाजिक एवं राजनीतिक असन्तोष निम्तिएको पनि बताए ।
FACEBOOK COMMENTS