काठमाडौं,बैशाख २२- सरकारले थप १५ दिन लकडाउन (बन्दाबन्दी) थप्ने तयारी गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिम उच्च रहेको भन्दै सरकारले जेठ १० गते सम्मका लागि लकडाउन थप गर्ने तयारी गरेको हो ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पछिल्लो समय नेपालमा संक्रमणको दर बढ्दैं गएको र छिमेकी मुलुक भारतमा पनि संक्रमण दर बढिरहेकाले जोखिम कायमै रहेको निष्कर्ष निकाल्दैं लकडाउन थप १५ दिन बढाउनुपर्ने विषयमा छलफल गरिएको थियो।
नेपालमा हिजो मात्र एकैदिन १६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोनाको उच्च जोखिम नेपालमा कायम रहेको छ । भारत र नेपालको खुला सिमानाका कारण पनि लकडाउन हटाउँदा स्थिति जुनसुकै बेला पनि भयावह हुनसक्ने भन्दै जेठ १० गतेसम्म बढाउने सहमति भएको स्रोतले बताए ।
हिजो मात्र नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ भने अहिले त्यस क्षेत्र सिल गरिएको छ ।नेपालमा आजसम्म ७५ जना कोरोना संक्रमणको पुष्टि भएको छ ।
FACEBOOK COMMENTS