काठमाडौं, बैशाख १४ -आइतबार प्रधानमन्त्री निवासमा बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दैछ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउन कति समय बढाउने तथा कस्तो मोडलमा अगाडी बढाउने भन्ने विषयमा निर्णय गर्नेछ ।
चैत ११ गतेबाट सुरु भएको लकडाउन सोमवार राति (बैशाख १५) गते बाट सकिँदैछ । शनिबार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको छ ।
समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो। सरकारले स्वरुप परिवर्तन गरेर भएपनि लकडाउन लम्व्याउने तयारी गरेको छ।
तर एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने दुई साता थपिन सक्ने स्रोतले जनाएको छ ।
काठमाडौं उपत्यकासहित सहरी क्षेत्रमा लकडाउन खुकुलो नबनाउने बरु हिमाली जिल्लामा परीक्षणका रूपमा केही खुकुलो बनाउन सकिनेबारे छलफल भएको छ।
FACEBOOK COMMENTS