काठमाडौं, जेठ ११ – लक्ष्मणबाबु मेमोरियल ट्रष्टले गोरखा र चितवनका ग्रामीण भेगमा अवस्थित विभिन्न स्वास्थ्य केन्द्रहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । ट्रष्टले ती स्वास्थ्य केन्द्रहरूलाई ८ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको बताएको छ ।
ट्रष्टले मनकामना हेल्थपोष्टलाई १ थान, घैरुङग अस्थायी कोभिड अस्पताललाई २ थान, बुङगकोट हेल्थपोष्टलाई १ थान, माई मनकामना सहकारी अस्पताललाई १ थान, आइसोलेसन सेन्टर अफ इच्छाकामना ग्रामीण मेट्रोपोलिटनलाई २ थान र मुग्लिन हाइ–वे अस्पताललाई १ थान उक्त अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराएको हो ।
सामाजिक उत्तरदायित्वअन्र्तगत जिल्लाका ग्रामीण भेगमा सञ्चालित स्वास्थ्य सेवालाई यो सामग्री उपलब्ध गराएको ट्रष्टद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कोभिड–१९ विरुद्ध लड्न सक्ने वातावरण बनाउन लक्ष्मणबाबु ट्रष्टले यस्तो पहल गरेको बताइएको छ ।
नेपालमा पहिलो केबुलकार ‘मनकामना केबुलकार’ स्थापना गरेका स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको स्मृतिमा स्थापना गरिएको यो ट्रष्टले विभिन्न सामाजिक काम गर्दै आएको छ ।
FACEBOOK COMMENTS