काठमाडौं – लक्ष्मी बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाह नियुक्त भएका छन् ।
बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले शाहलाई अगामी चार वर्षसम्मको लागि कम्पनीको सीईओ पदमा नियुक्त गरेको हो ।
शाहले करियरको सुरुवात स्यान्डर्ड चार्टर्ड बैंकबाट गरेका हुन्। उनले त्यहाँ १० बर्ष काम गरेका थिए। लक्ष्मी बैंकमा उनी १५ बर्षदेखि कार्यरत छन् ।
कर्पोरेट रिलेसन राम्रो भएका शाहले एभरेष्ट बैंकसँग हुन लागेको मर्जर प्रकृयामा लक्ष्मीबाट नेतृत्व गर्ने छन्। यसका लागि खालिङको पनि सहयोग लिइने छ।
FACEBOOK COMMENTS