काठमाण्डौँ – लक्ष्मी बैंकले शाखा विस्तार गर्ने क्रममा उपत्याकामा १८ औं शाखाको रुपमा काठमाडौंको मनमैँजुमा नयाँ शाखा संचालनमा ल्याएको छ।
शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी तथा विशेष गरी कृषि व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।
लक्ष्मी बैंकको ४६ जिल्लामा ९६ शाखा छन् ।
यसैगरी तीन हस्पिटल सेवा काउन्टर, १ सय ६ एटीएम, २ हजार ५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ५१ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन्।
– अन्नपूर्ण
