 
			                  			              
काठमाडौं,कार्तिक ६ – लक्ष्मी बैंक लि।ले माई कार्ड आइडियाज नामक क्राउड सोर्सिङ्ग प्रतियोगिताको विजेता घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै बैंकले आफ्नो नयाँ भिजा कार्डका लागि छानिएको डिजाइन लोगो र डिजाइनर विजेता घोषणा गरेको हो ।बैंकले डिजाइनर टीशा श्रेष्ठलाई उक्त प्रतियोगिताको विजेताका रुपमा घोषणा गरेको हो ।विजेता श्रेष्ठले नगद पुरस्कार तीन लाख ५० हजार जितेकी छिन् ।
एक महिनासम्म चलेको यस प्रतियोगिताबाट प्राप्त डिजाइनहरुबाट विज्ञ निर्णायकहरुको समूहले टीशा श्रेष्ठको डिजाइनलाई उत्कृष्ट घोषित गरेको हो ।
बैंकले आयोजना गरेको क्राउडसोर्सिङ्ग प्रतियोगितामा भाग लिएका ६३९ प्रतियोगीहरु मध्येबाट श्रेष्ठ उत्कृष्टमा छानिएकी हुन् । विजेता घोषणा गर्दै बैंकले क्राउड सोर्सिङ्गको अवधारणा अन्तर्गत बैंकका ग्राहकहरुको रचनात्मकताको उजागर गर्ने अवसर प्रदान गर्दै सहकार्यको माध्यमबाट बैंकको नयाँ भिसा कार्डको डिजाइन बनाउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गरेको जनाएको छ ।
यसै अवसरमा क्राउडसोर्सिङ्ग अवधारणामा यस्तो प्रसतयोगिता गर्ने लक्ष्मी बैंक अहिले सम्मकै पहिलो बैंक भएको बैंकले दाबी गरेको छ । प्रतियोगिताबाट सातैं प्रदेशका लागि आ–आफ्नै लोगो र चिनारी भएको भिसा कार्डको डिजाइन प्रस्तुत गरिएको छ ।
हालसम्म लक्ष्मी बैंकको ४८ जिल्लामा ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६४ शाखा रहित बैंकिङ्ग एजेन्टहरुको छ ।

 
              
              
              
              		              
FACEBOOK COMMENTS