काठमाण्डौँ — लगानी सम्मेलनमा सोकेस गरिएका ५० आयोजनामा लगानीका लागि प्रस्ताव पेस गर्ने म्याद थप गरिएको छ ।
सम्मेलनमा प्रस्तुत गरिएकामध्ये ३३ आयोजनामा मात्रै लगानीका लागि प्रस्ताव पेस भएको लगानी बोर्ड स्रोतले जानकारी दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्डको बैठकले आयोजनामा लगानी गर्न थप एक महिना म्याद दिने निर्णय गरेको हो ।
चैत १५ र १६ गते काठमाडौंमा भएको लगानी सम्मेलनलाई आयोजनामा लगानीको प्रस्ताव पेस गर्ने म्याद भोलि शनिबारसम्मका लागि दिइएको थियो ।
अब लगानीकर्ताले आयोजनाका लागि मे २० तारिखसम्म प्रस्ताव पेस गर्न सक्नेछन् ।
सम्मेलनमा पेस गरिएका सबै आयोजनामा प्रस्ताव नपरेपछि म्याद थप गरिएको बोर्ड स्रोतले जानकारी दियो ।
बैठकले लगानी सम्मेलनको क्रममा परेका प्रस्तावहरूको मूल्यांकनको अनुगमन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS