काठमाडौं — आगामी १५ र १६ चैतमा हुन लागेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका लागि लगानी बोर्डले करिब ३३ खर्ब रुपैयाँबराबरको लगानी परियोजना तयार पारेको छ ।
सरकारका तर्फबाट करिब ३१ खर्ब रुपैयाँबराबरको र निजी क्षेत्रका तर्फबाट करिब २ खर्ब रुपैयाँबराबरको लगानी परियोजना तयार पारेको बोर्डले जनाएको छ ।
लगानी बोर्ड नेपालका प्रवक्ता बलराम रिजालले सो जानकारी गराएका हुन् ।
बोर्डका प्रवक्ता रिजालले हालसम्म यस सम्मेलनमा विभिन्न ३८ वटा मुलुकबाट ६५० जना लगानी कर्ताले सहभागिता जनाउने जानकारी दिए ।
उनले सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका मन्त्री तथा सरकारी प्रतिनिधि, लगानीकर्ता एवं दातृ निकायका प्रतिनिधिसमेत गरी कुल ६५० जनाको सहभागिता हुने बताए ।
सम्मेलनमा भाग लिन म्यानमारका अर्थमन्त्री आउने निश्चित भइसकेको छ ।
— कारोबार
FACEBOOK COMMENTS