काठमाडौं – पुँजी बजारसम्बद्ध लगानीकर्ता संघहरुले सरकारको लगानी सम्मेलनलाई सघाउने भएका छन् ।
पुँजी बजारको सुधारका लागि भन्दै आन्दोलन गर्दै आएको समुहले पनि आन्दोलन स्थगित गरेको छ ।
त्यस्तै नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाली पुँजी बजार लगानीकर्ता संघले सम्मेलन पुँजी बजारको विकासका लागि सकारात्मक संवाहक भएको निष्कर्ष सहित सफलताको शुभकामना व्यक्त गरेका छन् ।
बुधबार शेयर लगानीकर्ता दवाव समूहले आफ्नो आन्दोलन लगानी सम्मेलन लक्षित नभएको भन्दै त्यस्तो प्रचारबाजी गरेर आफुहरुविरुद्ध अनर्गल प्रचार गरिएको भन्दै सम्मेलनसम्मका लागि आन्दोलन स्थगित गर्दैगर्दा तीन लगानीकर्ता नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ र पुँजीबजार लगानीकर्ता संघले उक्त सम्मेलनले लगानी भित्र्याई देशको आर्थिक समृद्धिमा सहयोग गर्ने भन्दै त्यसलाई सफल बनाउनुपर्ने निष्कर्ष निकालेका हुन् ।