काठमाडौं,फागुन १९- सरकारले लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने तयारी गरिरहेको छ । नेपाल राष्ट्र बैंकले आयकरमा छुट दिएर भएपनि लघुवित्त संस्थाहरुलाई मर्जरमा लैजाने तयारी गरेको हो ।
लघुवित्त संस्थाहरु स्तहस्फूर्त रुपमा मर्जरमा जानका लागि सरकारले छुटको व्यवस्था गर्न लागेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षासम्ममा त्यस्तो नीति ल्याउने तयारी भइरहेको स्रोतको दावी रहेको छ ।
यस अघि राष्ट्र बैंकले आयकरमा छुट दिएर वाणिज्य बैंकलाई मर्जरमा जानका लागि प्रोत्साहन गरेको थियो । हाल ३१ वटा लघुवित्त कम्पनी मर्जरमा गएर १३ वटा हुनेगरी मर्जरको प्रस्ताव आएको राष्ट्र बैंकको भनाइ छ ।
गत पुससम्मको राष्ट्र बैंकको तथ्यांक अनुसार हाल देशभर ९० लघुवित्तहरु सञ्चालनमा छन् । त्यसै अनुरुप अन्य बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिती पनि बजारमा बाक्लो रहेकाले राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जान आग्रह गर्दै आएको छ ।
FACEBOOK COMMENTS