काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा विदेशी लगानी खुला नगर्न सरकारलाई सुझाव दिएका छन् ।
महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्र एवं पशुपालन, कुखुरा पालन, मत्स्य पालन, मौरी पालन, दुग्ध प्रशोधन उद्योग, पानी प्रशोधन तथा उत्पादन र सेवा सम्बन्धी जस्तो शैक्षिक परामर्श दिने व्यवसाय एवं सस्थाहरू, ई–कमर्श, कार्गो व्यवसायलाई विदेशी लगानीका लागि खुला नगरिएको क्षेत्रमा समावेश गर्नु पर्ने सुझाव दिएको छ ।
स्वदेशी लगानीको संरक्षण गर्नु सरकारको दायित्य पनि हुने भएकाले र यी क्षेत्रमा नेपाली उद्यमी व्यवसायीहरू सक्षम र विशेष शीप पनि भएकाले
महासंघले पेश गरेका सुझावलाई नयाँ ऐनमा समावेश गर्न आग्रह ग¥यो ।
चेम्बरले निकालेको बिज्ञप्तिमा आन्तरिक पूँजीले सम्भव नहुने र उच्च प्रबिधियुक्त ठूला परियोजना र ‘मेगा–इन्डस्ट्री’ मात्रै विदेशी लगानी खुल्ला गर्नु पर्ने उल्लेख गरेको छ ।
राष्ट्रको समग्र बिकासको लागि बैदेशिक लगानी अपरिहार्य भएतापनि आन्तरिक पूँजी परिचालन गरी स्वदेशी सिपको जगेर्ना, प्रयोग र विकाससंग सम्बन्धित कतिपय क्षेत्रहरुमा नेपालीहरु नै सक्षम रहेकोले सबै क्षेत्रमा बैदेशिक लगानी खुल्ला गर्न आवश्यक देखिदैन–चेम्बरले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS