काठमाण्डौँ — विद्युत् प्राधिकरणले पूर्वी लमजुङस्थित १३२ केभी दोर्दी कारिडोर प्रसारण लाइनको निर्माण सुरु भएको छ।
प्रसारण लाइन तयार भएपछि दोर्दी कोरिडोरमा निर्माणधीन २ सय मेगावाटका आयोजनाको विद्युत यो लाइनमार्फत २२० केभी मस्र्याङ्दी कोरिडोरमा जोडिनेछ।
आवश्यक जग्गा अधिग्रहण कार्य सम्पन्न गरेर विद्युत प्राधिकरणले लाइन निर्माणको काम सुरु गरेको हो।
कीर्तिपुरदेखि उदिपुरसम्मको १० किलोमिटर लाइन अबको ७ महिनामा सम्पन्न गर्ने गरी काम सुरु गरिएको आयोजना प्रमुख रमेश पौडेलले बताए।
उनका अनुसार लाइनसँगै कीर्तिपुर र उदिपुरमा सबस्टेसनको काम पनि थालिएको छ।
नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनीले सबस्टेसन र जोशी एण्ड मुडभरीले लाइन निर्माणको जिम्मा पाएका छन्।
प्रसारण लाइनको जग खन्न सुरु गरिएको छ।
आवश्यक सबै प्रक्रिया पूरा भइसकेकाले चालु आर्थिक वर्षभित्र लाइन तथा सबस्टेसन निर्माण पूरा हुने पौडेलको दाबी छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS