काठमाडौं – ललितपुरको गोदावरीदेखि फुलचोकी डाडाँसम्म केवलकार निर्माण हुने भएको छ ।
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले ‘हाम्रो गोदावरी–राम्रो गोदावरी’ निर्माण गर्ने क्रममा केवलकार सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको बताए ।
गोदावरी–फुल्चोकी केबलकार बनाउन सिद्धेश्वर पर्यटन सहकारी संस्थाले ५० प्रतिशत बैंक ऋण र ५० प्रतिशत आफ्नो लगानीमा २.९ किलोमिटरको मोनो केबलकार बनाउन लागेको हो ।
केबलकारको सुरु बिन्दु रहेको बोटानिकल गार्डेनमा मात्रै वार्षिक ३ लाख ६० हजार घुम्न जाने गरेका छन् । तीनै आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर गोदावरी फुलचोकी केबलकार निर्माण गर्न लागिएको हो ।
केबलकारको निर्माण लागत १४१ करोड रुपैयाँ हुने प्रारम्भिक प्रक्षेपण गरिएको छ ।
FACEBOOK COMMENTS