काठमाडौं । ललितपुरको बुढीदेवी सामुदायिक वनमा आगलागी भएको छ ।
मंगलबार साँझदेखि बुढीदेवी डाँडामा लागेको डढेलो बस्ती पस्ने जोखिम रहेको छ ।
बागमती गाउँपालिका-४ का अध्यक्ष रामकुमार लामाका अनुसार स्थानीयको सहयोगमा मंगलबार साँझ अबेरसम्म आगो निभाउने प्रयास भए पनि नसकिएको उनले बताए ।
आगो बस्तीमा पस्ने जोखिम बढेपछि वडाध्यक्ष लामाले सूचना जारी गरेरै आगो निभाउने कार्यमा सघाउन सबैसँग अनुरोध गरेका छन् ।
वडाध्यक्ष लामाले सामुदायिक वनमा लागेको आगो बस्ती पस्ने जोखिम रहेकोले स्थानीयलाई सचेत रहन समेत आग्रह गरेका छन् ।
FACEBOOK COMMENTS