काठमाडौं, भदौ २० – जिल्ला प्रशासन कार्यालय ललितपुरले आजदेखि ६ दिनसम्म रथ रहेको क्षेत्र वरिपरि ५ जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने आदेश जारी गरेको छ।
कर्फ्यू आदेश सकिनु अघि ललितपुर जिल्ला प्रशासनले अर्को सूचना जारी गरी शुक्रबार सो कुरा जनाएको हो। मच्छिन्द्रनाथको रथ राखिएको वरपरको क्षेत्रमा भने कडाइ गरिने प्रशासनले जनाएको छ ।
उक्त क्षेत्रबाट मदन स्मारक स्कुल अगाडिको चोक, पश्चिमतर्फ ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिण सेन्ट जेभियर्स स्कुल अगाडिको चोक, उत्तर बखुण्डोल चोक, मिननाथको रथ रहेको आसपासको क्षेत्रमा पाँचजना भन्दा बढी भेला हुन निषेध गरिएको छ ।
भोलिबाट लागू हुने गरी २६ भाद्रसम्म हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउने गरी निषेध गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा भनिएको छ ।
जिल्ला प्रशासनद्वारा जारी आदेश
FACEBOOK COMMENTS