काठमाण्डौं– ललितपुरमा तीन दिने तीज महोत्सव तथा महिला उद्यमी मेला सूरु भएको छ ।
साना तथा मझौंला व्यवसायी महासंघ नेपालले तीजको अवसर पारेर शुक्रबारदेखि तीज महोत्सव तथा महिला उद्यमी मेला आयोजना गरेको हो ।
ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा आयोजना गरिएको मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गरीन् ।
उनले तीजमा पनि नेपाली महिलाहरुले आयआर्जनको काम गरेर मुलुक आर्थिक क्षेत्रको नेतृत्व लिने प्रयास गरेको भन्दै खुसी व्यक्त गरिन् ।
करिव ६० वटा स्टल रहेको मेलामा काठमाडौं, ललितपुर र भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकला लगायतका सामग्रीहरु प्रर्दशन गरिएका छन ।
– रातोपाटी
FACEBOOK COMMENTS