काठमाडौं, असोज ९ – बिहीबार साँझ ललितपुरमा थप तीनजना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । दुई पुरुष र एक महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार दुई जनाको मेघा र एक जनाको बयोधा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुनेमध्ये दुईजना ललितपुरका हुन भने एकजना भक्तपुरका हुन् ।
मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ललितपुरकी ७० वर्षीया महिला र बिहीबार बयोधा अस्पताल भर्ना भएका ललितपुरकै ७२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
त्यसैगरी मेघा अस्पतालमै असोज ५ गते उपचारका लागि भर्ना भएका भक्तपुरका ७३ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
FACEBOOK COMMENTS